मिति: २०८१, जेष्ठ ५

नागरिक वडापत्र (Citizen charter)


वडाद्वारा प्रदान गरिने सेवा सुविधाहरु छिटोछरितो ढंगबाट वडाबासीहरुलाई उपलब्ध गराउने उद्देश्यले हामीले यो नागरिक वडापत्र जारी गरेका छौं । यसबाट वडाबासीहरुले बिना कुनै झन्झट वडा कार्यालयबाट सेवा प्राप्त गर्न सजिलो हुने आशा गर्दै वडाबासीहरुको सहयोग र सद्भावको सदा  अपेक्षा राखेका छौं ।

क्र.सं. सेवा सुविधाको नाम आवश्यक पर्ने कागजातहरु
घर  जग्गा  नामसारी सिफारिस

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

मोही लगत कट्टा सिफारिस

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

४) जग्गाको प्रमाणित नापी नक्सा

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

घर कायम सिफारिस

१) घरकायम सिफारिस पाऊ भन्ने सम्बन्धी निवेदन

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

छात्रबृत्ति सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

अपाङ्ग सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र÷जन्मदताको प्रतिलिपि

२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस

३) ्व्यक्ति  स्वंय  उपस्थित  हुनुपर्ने  वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

अस्थाई बसोबास सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम

२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

४) घरबहाल कर तिरेका रसिद

५) घरबहालको सम्झौता पत्र

स्थायी बसोबास सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२) बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

नागरिकता र प्रतिलिपि सिफारिस

१) निवेदन  पत्र  र  आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)

६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

१० अंगिकृत नागरिकता सिफारिस

१)  निवेदन  पत्र  र  अंगिकृत  नागरिकता प्राप्त  गर्ने खोजेको स्पष्ट आधार

२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु

३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि

४) बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिर सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र

५) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु

६) पासपोर्ट साईजको फोटो ३ प्रति

७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद

८) सर्जमिन मुचुल्का

११ आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जा

३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात

४) अन्य आवश्यक कागजात

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

६) सर्जमिन मुचुल्का

१२ आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

१३ विद्युत जडान सिफारिस

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

३) हक भोगको श्रोत खुल्ने कागजात

४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

५) अन्य आवश्यक कागजातहरु

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१४ धारा जडान सिफारिस

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

३) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१५ जिवित रहेको सिफारिस

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने

३) दुई प्रति पासपोर्ट साइजको फोटो

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

१६ दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित  व्यक्ति  वा  हकवाला  उपस्थित भई सनाखत गर्नु पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

१७ जग्गा मूल्याङकन सिफरिस÷प्रमाणित

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण

४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१८ ब्यवसाय बन्द सिफारिस

१) आफ्नो  व्यवसायको  विस्तृत  व्यहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल

४) घरबहालसम्झौता पत्रको प्रतिलिपि

५) स्थलगत प्रतिवेदन

६)  विदेशीको  हकमा  परिचय  खुल्ने कागजात वा   सम्बन्धित दुतावासकोे पत्र

७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१९ ब्यवसाय सञ्चालन नभएको सिफारिस

१) व्यवसाय सञ्चालन नभएको कारण सहितको      निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

४) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण  स्वीकृत भएको कागजात

५) स्थलगत प्रतिवेदन

६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

७) सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत

२० ब्यापार ब्यवसाय नभएको सिफारिस

१) कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३)  स्थानीय  तहको  नाममा  व्यवसाय  दर्ता गरेको प्रमाणपत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत

नोट: माथिका सेवा सुविधाहरु प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु पूरा गरी निवेदन दिएमा सोही दिनमा नै सिफारिस पाउनु हुनेछ भने सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ( निवेदकले साक्षी र निजहरुको नागरिकता प्रतिलिपि उपलब्ध गराएमा ) सिफारिस लिन सकिनेछ । अन्यथा निवेदक आफै जिम्मेवार हुनेछ । 

फोटो टाँसी लिनु पर्ने सिफारिसमा सबैको एउटै साईजको पासपोर्ट साईजको फोटो हुनुपर्नेछ ।

 

Next