मिति: २०८३, बैशाख ६

नागरिक वडापत्र (Citizen charter)


वडाद्वारा प्रदान गरिने सेवा सुविधाहरु छिटोछरितो ढंगबाट वडाबासीहरुलाई उपलब्ध गराउने उद्देश्यले हामीले यो नागरिक वडापत्र जारी गरेका छौं । यसबाट वडाबासीहरुले बिना कुनै झन्झट वडा कार्यालयबाट सेवा प्राप्त गर्न सजिलो हुने आशा गर्दै वडाबासीहरुको सहयोग र सद्भावको सदा  अपेक्षा राखेका छौं ।

 

४१ चार किल्ला प्रमाणित

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा

४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी

 

४२ जन्म मिति प्रमाणित

१) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

३) बसाँई सरी आएको भए सो को प्रमाण पत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४३ विवाह प्रमाणित

१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र

३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

४४ घर पाताल प्रमाणित

१) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र

३) स्थलगत निरीक्षण प्रतिवेदन

४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तिरेको  रसिद  वा  कर  निर्धारण  स्वीकृत  भएको कागजात

५) आवश्यकता अनुसारसर्जमिन मुचुल्का

४५ कागज/मञ्जुरीनामा प्रमाणित

१) निवेदन  र  नागरिकता  प्रमाणपत्रको प्रतिलिपि  र निवेदन

२) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

३) प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि

४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति

४६ हकवाला वा हकदार प्रमाणित

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

२) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि

३) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन

४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) आवश्यकता अनुसारसर्जमिन मुचुल्का

४७ अविवाहित प्रमाणित

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) संरक्षक  वा  अभिभावकले  कार्यालयको रोहबरमा गरेको सनाखत पत्र

३) स्थानीय सर्जमिन मुचुल्काको पत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) बिदेशमा  रहेकाको  हकमा  विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

४८ जग्गा रेखांकनको कार्य/सो कार्यमा रोहबर

१) निवेदन पत्र

२) सम्बन्धित कार्यालयको पत्र

३) प्राबिधिक प्रतिवेदन

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४९ जग्गा धनीपूर्जा हराएको सिफारिस

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

४) निवेदकको  स्थायी  वतन  जग्गा  रहेको वडाको नभएमा स्थानीयसर्जमिन मुचुल्का

५० पुर्जामा घर कायम गर्ने सिफारिस

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि

३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५१ अंग्रेजी सिफारिस तथा प्रमाणित

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५२ मिलापत्र कागज / उजुरी दर्ता

१) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन

२) सम्बन्धित  व्यक्तिहरुको  नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) विषयसँग सम्बन्धित अन्य कागजातहरु

५३ एकिकृत सम्पत्ति कर / घर जग्गा कर

१) निवेदन

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) भवन  नक्शा  स्वीकृति  प्रमाण  पत्र  र  नक्शाको प्रतिलिपि

४) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

५) (स्थानीय तहको नाम) घोषणा हुनु पूुर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन

६) मालपोत तिरेको रसिद 

७) आ.व. ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा कर तिरेको भए सो कोे प्रमाणित प्रतिलिपी

८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

५४ बहाल कर

१) निवेदन पत्र

२) बहाल सम्झौता

३) नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दत्र्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

४) नागरिकताको प्रमाणित प्रतिलिपी

५) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।

५५ विज्ञापन कर

१) निवेदन र संस्थाको प्रमाणित कागजात

२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

५६ मालपोत वा भूमीकर

१) निवेदन पत्र

२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्याालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

५७ जन्म दर्ता

१) निवेदन पत्र

२) बालकको बाबु÷आमाको नागरीकता

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

५८ मृत्यु दर्ता

१) निवेदन पत्र

२) मृतकको  नागरिकता  र  सूचना  दिन आउनेको नागरीकता

३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकको  नागरिकता  नभएको  हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

५९ बसाई(सराईजाने / आउने दर्ता)

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी

२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात

३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।

४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र

५) जाने-आउने सबै व्यक्तिको नागरिकतार जन्मदर्ताको प्रतिलिपि

६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

६० सम्बन्ध विच्छेद दर्ता

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि

३) पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

६१ विवाह दर्ता

१) निवेदन पत्र

२) दुलाहा–दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

नोट: माथिका सेवा सुविधाहरु प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु पूरा गरी निवेदन दिएमा सोही दिनमा नै सिफारिस पाउनु हुनेछ भने सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ( निवेदकले साक्षी र निजहरुको नागरिकता प्रतिलिपि उपलब्ध गराएमा ) सिफारिस लिन सकिनेछ । अन्यथा निवेदक आफै जिम्मेवार हुनेछ । 

फोटो टाँसी लिनु पर्ने सिफारिसमा सबैको एउटै साईजको पासपोर्ट साईजको फोटो हुनुपर्नेछ ।

 

Previous